Comments Add Comment

क्यानडाको आगो अझै निभेन, २४ घण्टामा दोब्बर फैलने खतरा

canada_agalagi

क्यानडाका अधिकारीहरुका अनुसार अलवर्टा प्रान्तको पोर्ट शहरस्थित म्याकमर्रेको र्जगलमा लागेको आगो आउने २४ घण्टामा दोव्वर क्षेत्रफलमा फैलनेछ ।

अधिकारीहरुका अनुसार अलवर्टा प्रान्तमा लागेको भीषण आगो अझै द्रूत गतिमा फैलिरहेको छ । यो छिट्टैने छिमेकी प्रान्त ससकाचेवानमा फैलन सक्ने छ ।

हजारौं अग्निनियन्त्रक आगलागी नियन्त्रणका लागि जुटेका छन् । शुख्खापन र तीव्र गतिको हावाका कारण आगलागी नियन्त्रणमा समस्या भएको छ ।

तेल उत्पादन गर्ने शहर फोर्ट म्याकमरेबाट अहिलेसम्म ८० हजारभन्दा बढि मानिसलाई सुरक्षित स्थानमा लगिसकिएको छ । अझैपनि शहरको उत्तरी क्षेत्रमा हजारौं मानिस फसिरहेको बताइएको छ । अलवर्टा प्रान्तमा अग्नि नियन्त्रकका अलावा अन्य सबैलाई त्यहाँबाट सुरक्षित स्थानमा जान सरकारले आहृवान गरेको छ ।

Canada-Agalagi1

अमेरिकाको न्यूयोर्क शहरभन्दा पनि धेरै क्षेत्रफलमा आगो फैलिएको छ । हावा र सुक्खा मौसमका कारण आगो तीव्रताका साथ फैलिएको छ । आगलागी भएको स्थान शहरभन्दा निक्कै टाढा रहेपनि शहरका दक्षिणी क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

शहरका उत्तरी क्षेत्रका सडकमा आगो फेलिएपछि तेल कम्पनीले कर्मचारीलाई त्यहाँबाट उद्धारको काम नगर्न भनेको छ । शहरको दक्षिणी क्षेत्रहुँदै गुड्ने १५०० गाडीलाई पनि शुक्रबार दिउँसोदेखि शनिबारसम्मका लागि स्थगित गर्नुपरेको थियो ।

प्रान्तीय सरकारका अनुसार आगो १ हजार स्क्वायर किलोमिटरमा फैलिएको छ । आइतबार र सोमबार यस क्षेत्रमा पानी पर्ने संभावना रहेकाले आगो नियन्त्रण हुने आशा गरिएको छ ।

तर अहिले मौसम सुख्खा छ । दिउँसोमा २७ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ । आगलागीबाट कोही हताहती भएको अवर अहिलेसम्म आएको छैन ।

canada_agalagi2

प्रान्तका नागरिकलाई सुरक्षित स्थानमा लान मंगलबारदेखि ३०० वटा बिमान परिचालन गरिएको छ । प्रान्तीय सरकारले त्यहाँ संकटकालको घोषणा गरेको छ भने पीडित परिवारलाई ७७ मिलियन डलर मुआव्जा दिने घोषणा गरेको छ ।

१ हजार अग्निनियन्त्रक र १५० हेलिकप्टर आगो नियन्त्रणमा लिनको लागि परिचालन गरिएको छ । साथै २७ एयरक्राफ्ट ट्याङकर अन्य २९५ भारी उपकरणका साथ अग्नि नियन्त्रणको प्रयासमा छन् । आगलागीबाट भएको क्षति परिपूर्तीका लागि महिनौं लाग्नसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment