Comments Add Comment

ऋण तिर्न नसकेपछि साहुसँग गराइदिए आफ्नै श्रीमतीको बिहे

indian_wedding_s_सुन्दैमा निकै अनौठो तथा भयानक लाग्दछ । यो दुनियामा यस्ता मानिस पनि हुँदा रहेछन् जसले साहुसँगबाट लिएको ऋणको बदला साहुलाई नै आफ्नी श्रीमती तथा बच्चाबच्ची सुम्पिँदा रहेछन् ।

भारतको बिहारमा यस्तै घटना भएको छ । बिहारको नालन्दा जिल्लाको नारजपुर गाउँका एक युवकले गाउँकै एक साहुसँग लिएको रिन तिर्न नसकेपछि आफ्नी श्रीमती नै साहुसँग अन्माइदिएका छन् । श्रीमतीसँगै बच्चा पनि साहुलाई उपहार दिएका छन् उनले ।

समाचार अनुसार हिमांसु प्रसाद सुमन नामका ती युवकले फोटो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारसँग चार लाख भारु ऋण लिएका रहेछन् ।  ऋण लिएपछि सुमनले एकजना केटीसँग प्रेम गरे र पछि बिहे पनि गरे ।

लभको चक्कर तथा बिहेपछि उनले जुन कामका लागि रिन लिएको हो त्यो काम गर्नुभन्दा ऐश आराममा पैसा उडाए । जसका कारण उनले ऋणको ब्याज पनि तिर्न सकेनन् र ऋण बढ्दै गयो ।

जब साहु सावन कुमारले आफ्नो पैसा तिर्नका लागि हिमांसुलाई आग्रह गरे तब उनले अनौठो प्रस्ताव राखे । हिमांसुले आफुले पैसा तिर्न नसक्ने बरु पैसाको बदलामा श्रीमती र बच्चा दिने प्रस्ताव राखे । अनौठो त के भयो भने सावन कुमारले पनि ऋणीकी श्रीमती र बच्चा बेहोर्न मन्जुरी जनाए ।
दुबैको सहमतिमै हिमांसुले आफ्नी श्रीमतीको बिहे साहु सावन कुमारसँग गराइदिए र श्रीमतीसँगै बच्चालार्य पनि विदा गरे । यो घटनाले गाउँमा सनसनी मच्चाएको छ ।
यसरी सम्बन्ध विच्छेद नगरीकनै आफ्नी श्रीमती अर्कैलाई सुम्पिने हिमांसु कानूनको फन्दामा पर्नसक्ने बताइएको छ । तर यो बारेमा गाउँका कोहीपनि मानिस बोल्न नचाहने हुनाले पुलिसले पनि केही गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment