Comments Add Comment

श्रीमान्, प्रेम र कामको बोझले मलाई डिप्रेशन भयोः नन्दिता दास

nandita das
बलिउड कलाकार नन्दिता दासले आफूलाई पनि डिप्रेशन भएको खुलाएकी छिन् । वीवीसी हिन्दीसँग कुरा गर्दै उनले आफू कसरी डिप्रेशनबाट बच्न सके भनेर खुलाएकी छिन् । उनले राखेको कुरा उनकै शब्दमा यस्तो छः

हालै मुम्बईमा एकजना प्रसिद्ध कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरिन् । उनको मृत्यु के कारणले भएको थियो अझै स्पष्ट भएको छैन । म आफैं पनि भन्न सक्दिन उनको मृत्युको खास कारण के हो ? तर, मलाई थाह छ, उनको मृत्युको मुख्य कारण पैसा र तनाब नै हो ।

ग्ल्यामर उद्योगमा एउटा ठूलो समस्या छ । कामको अभाव, सँधै खुसी जस्तो देखिनुपर्ने दवाब र सबै भन्दा राम्रो देखिने होड । यी तिन कुराले कलाकारमा एकखालको दवाव सिर्जना गर्छ । अभिनेताको तुलनामा अभिनेत्रीमा यो दवाव निकै बढी हुन्छ ।

त्यसरी तनाब झेल्ने प्रत्युषा एक्ली होइनन् । अघिल्लो वर्ष दीपिका पादुकोणले पनि डिप्रेशनको शिकार भएको बताएकी थिइन् । हिन्दी चलचित्र उद्योगमा डिप्रेशनको शिकार भएका धेरैलाई  देखेको छु । मलाई सम्झन्छु यदि अरुले जस्तै आवेशमा आएको भए अहिले म पनि नहुन सक्थेँ यो संसारमा । एक समय मेरो काम थिएन, मन निकै दुखेको थियो । डिप्रेशनको शिकार भएकी थिएँ । तर, आफुले आफुलाई सम्हालेँ ।

साँच्चै भन्ने हो भने युवा पुस्तालाई सम्झाउन जरुरी छ । भारतीय समाजलाई हेरेर हामीले आफैं को हो भन्न सक्ने अवस्था छैन । हामी परम्परागत हौ या आधुनिक ?
अंग्रेजी बोलेर जिन्स लाएपछि आधुनिक भइन्छ भन्नेहरु पनि छन्, ति मान्छेहरुले सोच्न जरुरी छ हामी कता जाँदैछौं । आज पनि एउटा महिला पूर्ण महिला हुनका लागि विवाहपछि आमा बन्न जरुरी छ भन्ने मान्यता छ भारतमा ।

विवाह गर्नु ठिक हो । मैले पनि विवाह गरेकी छु । तर, हामी किन सोच्दैनौं कि एउटा महिला किन कसैको बच्चा गोद लिएर बस्न सक्दिन । युवा पुस्तामा किन त्यस्तो साथीको जन्म हुन सकेन ? जसले आफ्नो सारा समस्या सुनाउन सकोस् र तनाबवाट मुक्ति पाओस् ।

म एउटा केलेजमा पढाउन गएकी थिएँ । एउटी युवतिले मलाई सोधिन्-‘जब म जिन्स लगाउछु मेरो बुबा रिसाउनु हुन्छ तर त्यहि जिन्स मेरो भाईले लगाउदा बा रिसाउनु हुन्न किन ?’
यस्तो प्रश्नको जवाफ दिन भारतीय समाज असमर्थ छ । तर, युवतिहरुको मनमा कुण्ठाको बिजारोपण भने यस्तै घटनाको कारण घरवाटै हुन्छ । यस्तै घटना पछि यति ठूलो तनावको विषय बन्छ । छोरीहरुलाई आत्महत्या गर्न समेत विवस बनाउँछ ।

एक हातले कहिल्यै ताली बज्दैन । आजका सुपरफाष्ट युवाहरुले सोच्न जरुरी छ । मैले गरेको कामवाट के पाउछु वा कतिसम्म पाउन म योग्य हुँ । मैले कहिल्यै बलिउडको नम्बर वान हिरोइन बन्ने सपना देखिन । किनकी म नम्बर हिरोइन हुन सक्दिन भन्नेमा सचेत थिएँ र म यसैमा खुसी छु । हाम्रा युवाहरुलाई खुशी कसरि हुने भनेर विशेष प्रशिक्षण दिन जरुरी छ ।

बलिउडमा सुन्दरी युवतिहरु हिरोईन बन्न भन्दै आउने गर्छन । एउटी सुन्दरीलाई लामो संवाद राम्ररी बोल्न आयो र राम्रो नृत्य गर्न सफल भइन् भने हिरोइन बन्नु ठूलो कुरा हुँदैन ।
तर, यहाँ बिर्सन नहुने के हो भने यस्ता काममा दैनिक कति सुन्दरी सहभागी छन् विचार गर्नुपर्छ । किनकी सफलता थोरै ब्यक्तिले मात्रै पाउँछन् भन्नेमा सहभागी जानकार हुन जरुरी छ ।
कुनै वेला म पनि डिप्रेशनको शिकार भएकी थिउँ । प्रेम, श्रीमान् र कामको कारण मलाई तनाब भएको थियो । तर, मैलै जीवनमा यस्तै घटना आउछन् जान्छन् भन्ठानें ।

ऋतुपूर्ण घोषको चलचित्र ‘चोखर वाली’ मा मुख्य भुमिका निर्वाह गर्नेवाला थिएँ । ‘चोखर वाली’को सुटिङ सुरु हुनु भन्दा केही दिन अघि मात्रै मैले थाह पाएँ कि ऐश्वर्या राय अनुबन्ध भईसकिछन् ।
मलाई निकै नरमाईलो लाग्यो । तर, मैले नरमाईलो मान्दैमा हुनेवाला केहि थिएन । किनकी मलाई भन्दा ऐश्वर्यालाई चिन्ने दर्शक धेरै थिए भारतमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment