Comments Add Comment

सिंहदरवार घेराउ असफल पार्ने सरकारको तयारी !

नेपाल प्रहरी र सशस्त्रको पूर्वाभ्यास (फोटो फिचरसहित)

Nepal Police and Afp Demo (7)

२७ वैशाख, काठमाडौं । सोमबार अपराहृन माइतीघर मण्डला क्षेत्रमा एकाएक प्रहरी र सशस्त्र प्रहरी हातमा लठ्ठी र ढाल बोकेर सडकमा आए ।

गाडी गुडिरहेको सडकमा उनीहरुले निशेधित क्षेत्रको संकेत राखे र सडकमा काँडे तार तेर्स्याए । सडकमा गुडिरहेका गाडीका यात्रु र चालक अलमलमा परे ।

न कुनै आन्दोलन हुने भन्ने समाचार सुनेका थिए न त कुनै प्रदर्शन नै भइरहेको थियो । तै पनि सुरक्षाकर्मीहरु बाक्लो संख्यामा सडकमा आएका छन् र कुनै आन्दोलनमा जस्तै गरिरहेका छन् । 

Nepal Police and Apf Depo (1)

पछि थाहा भयो यो त नेपाल प्रहरी र सशस्त्र प्रहरीको आन्दोलन कसरी रोक्ने भन्ने पूर्वाभ्यास रहेछ ।

काठमाडौं केन्द्रीत आन्दोलन थालेको मधेसी मोर्चासहितको संघीय गठवन्धनले जेठ १ गते सिंहदरवार घेराउ गर्दैछ । गठवन्धनको आन्दोलनलाई असफल बनाउन सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले सोमबार माइतीघर मण्डला क्षेत्रमा पूर्वाभ्यास गरेको हो ।

Nepal Police and Apf Depo (6) Nepal Police and Apf Depo (9) Nepal Police and Apf Depo (12)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment