Comments Add Comment

के पुरुषहरुले सुन्दर महिलाको मात्र साथ चाहन्छन् ?

loveप्रेमको कुनै परिभाषा हुँदैन । त्यसैले प्रेमलाई हरेक चिजभन्दा माथि राखिएको हुन्छ ।  तर के हरेक प्रेमको सुरुवात केवल बाहिरी सुन्दरता हेरेर मात्र हुन्छ ?

अधिकांस केटीहरुलाई लाग्दछ की केटाहरु केवल सुन्दरताको पछाडि दौडिन्छन्, केटाहरु केवल सुन्दरताका पारखी हुन्छन् । उनीहरुको यस्तो सोँचाइ पूरै गलत पनि होइन । किनकी धेरै केटाहरुले यसै गर्दछन् । कहिलेकाहीँ त केटाहरु यो हदसम्म जान्छन् की आफ्नो नजिकबाट हिँडेकी केटीलाई समेत घुरीघुरी हेर्दछन् ।

के यस्ता केटाहरु प्रेम पश्चात सुन्दरताका यस्तै पारखी हुन्छन् त ? केटाहरुमा उमेरसँगै सुन्दरताप्रतिको मनोभावना तथा धारणमा परिवर्तन आउँदछ जुन यस्तो छः

  • १५ देखि २५ वर्षको उमेरका केटाहरु प्रायः केटीहरुको सुन्दरताप्रति आकषिर्त हुन्छन् । यस उमेरमा उनीहरुमा परिपक्वताकै कमी हुन्छ ।
  • २५ देखि ३० वर्षको उमेरका केटाहरु इमोसनल्ली बलिया केटीहरुतर्फ बढि झुकाव महसुस गर्दर्छन् । किनकी उनीहरुले यसअघि केही खराब नातासम्बन्ध भोगिसकेका पनि हुन्छन् ।
  • ३० को उमेर कटिसकेका पुरुषहरु बढि समझदार हुन्छन् । सुन्दरता भनेको सधै रहिरहने चिज होइन तर समझदार पार्टनर भने सधै आफ्ना्साथमा रहन्छ भन्ने कुरा बुझेका हुन्छन् ।
  • ३५ वर्ष उमेर कटेका एकल पुरुषहरु एक स्मार्ट महिलाको खोजीमा हुन्छन् जसले उनीहरुको जिवनमा प्रेम तथा सहयोगको तालमेल मिलाउन सकून् ।
  • बढ्दो उमेरसँगै पुरुषहरु बढि समझदार तथा परिपक्व हुँदै जान्छन् र आफ्नो पार्टनरले अपfmुबाट के चाहन्छिन् भन्ने कुरा बुझ्न सक्दछन् ।
  • आजका पुरुषहरु के कुरामा पूर्णरुपमा सहमत छन् भने पार्टनरको सपोर्ट विनाको जिवन जिउनु निकै गाह्रो छ । त्यसैले उनीहरु एक समझदार पार्टनर खोजिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment