Comments Add Comment

लण्डनका मेयर सादिकले ट्रम्पको प्रस्ताव अस्वीकार गरे

trump_khan

२८ वैशाख, काठमाडौं । लण्डनका मेयर सादिक खानले अमेरिकामा मुसलमानलाई आउन लगाइने प्रतिवन्धमा छुट दिने डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् ।

सादिक मुसलमान हुन् । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पले अमेरिकामा मुसलमानको प्रवेशमा रोक लगाउने बताउँदै आएका छन् ।

तर, सादिक हालै मात्र लण्डनमा मेयर भएपछि ट्रम्पले अमेरिका आउन दिने प्रस्ताव गरेका थिए । सादिक लण्डनको मेयर बनेकोमा खुसी व्यक्त गर्दै ट्रम्पले यदि उनी अमेरिका भ्रमणमा आए यसलाई अपवादका रुपमा हेर्ने बताएका थिए ।

ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै सादिकले भनेका छन्, यो मेरो मात्र कुरा होइन । मेरो साथी, परिवार र उनीहरु सबैका विषयमा हो । जो मेरो जस्तै पृष्ठभूमिबाट आएका छन् ।’

उनले ट्रम्पमा इस्लामबारे अज्ञानताले भरिएको विचार रहेको र यसले दुबै देशको सुरक्षामा खतरा हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment