Comments Add Comment

फेरि टीभीमा आकर्षित हुँदै साहरुख

srk
बलिउड नायक साहरुख खान पुनः टेलिभिजनमा फर्किने मुडमा छन् । नायक साहरुख खानलाई लाग्न थालेको छ, चलचित्र बजार भन्दा टेलिभिजनमा कलाकारको स्थान सुरक्षित छ ।
साहरुखले एक समारोहमा मिडियासँग कुरा गर्दै भनेका थिए ‘टेलिभिजन कुनै पनि शैलिका कथावाचनमा बढी सफल हुन्छ ।’ उनको भनाई अनुसार चलचित्रमा दुइदेखि तीन घण्टामा सबै कुरा भनिसक्नुपर्छ । तर टीभीमा समयको बन्धन हुँदैन ।

अर्को प्रसंगमा चलचित्र भन्दा टेलिभिजन बढी प्रभावकारी भएको पनि देखेका छन् उनले । उनी भन्छन्-‘टीभीमा निर्देशकलाई जतिसुकै जटिल विषयमा पनि विचार दिने समय हुन्छ ।’
उनले आफु टीभीमा फर्किन लागेको स्पष्ट पारे पनि कस्तो कार्यक्रमवाट आउने भन्नेमा स्पष्ट पारेनन् ।

साहरुखले यसअघि गेम शो होष्टिङ गरेका छन् भने ड्रामा र केही धारावाहिक सिरियलमा काम गरेका छन् । साहरुखले हलिउडको टीभी शो राम्रो लाग्ने गरेको प्रतिक्रिया दिए । अनिल कपूरको ‘२४’ र प्रीयंका चोपडाको ‘क्वान्टिको’ जस्ता नयाँ शैलीमा बनेका टेलिभिजन कार्यक्रम राम्रो लागेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment