Comments Add Comment

म्यादी सरकार भनेर आलोचना गर्नुको तुक छैन: प्रचण्ड

'२००७ सालयताका सबै सरकार म्यादी'

२९ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २००७ सालयताका सबै सरकार म्यादी भएको बताएका छन् । ६५ वर्षदेखिको इतिहास हेर्दा कुनै पनि सरकार पाँच वर्षसम्म नटिकेको भन्दै उनले अहिलेको सरकारलाई ‘म्यादी’ भनेर आलोचना गर्नुको तुक नभएको प्रचण्डले बताए ।

Prachand in Parliamentव्यवस्थापिका संसदमा बुधबार बोल्दै प्रचण्डले अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रम महत्वाकांक्षी भए पनि कार्यान्वयन गर्न असम्भव नभएको बताए ।

प्रमुख प्रतिपक्षी कांग्रेसलाई लक्षित गर्दै प्रचण्डले भने, ‘म्यादी सरकारले ठूलठूला कुरा गरेर के हुन्छर भन्नुहुन्छ । २००७ सालेदेखि म्यादी सरकार चलेको छ । कहिँ देख्नुभएको छ स्थायी सरकार ?’

म्यादी सरकार भनेर आलोचना गर्नुभन्दा त्यसको विकल्प दिनसक्नुपर्ने बताए । ‘अहिलेको सरकार म्यादी हो कि होइन महत्वपूर्ण होइन,’ प्रचण्डले भने, ‘यसबाट कसरी मुक्ति पाउने भन्ने चासोको विषय हुनुपर्छ ।’

सरकार गिराउने र बनाउने खेल उपयुक्त नभएको भन्दै उनले देश विकासलाई राष्ट्रिय सहमतिको स्थायी सरकार आवश्यक रहेको बताए ।

आफूले राष्ट्रिय सहमतिको प्रयास गर्दा केहि प्राविधिक त्रुटी भएको भन्दै प्रचण्डले एकीकृत नेकपा माओवादीले अहिलेको गठवन्धन नतोड्ने प्रष्ट पारे । संविधान कार्यान्वयन, मधेस मुद्दा समाधान र पुनर्निर्माणका लागि सरकार दृढतापूर्वक लाग्ने प्रचण्डले बताए ।

यो पनि पढ्नुस्

ओलीले भने- यो सरकार म्यादी नै हो, तर संकटमा छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment