Comments Add Comment

नेपाली कामदारलाई श्रमको ‘रि-इन्ट्री’ विदेशमै गर्न दिने तयारी

labour-room
२९ वैशाख, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई विदेशमै पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिने गरी तयारी थालेको छ । यसका लागि प्रारम्भिक तयारी सुरु भइसकेको श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले जानकारी दिए ।

अब विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने समस्या केही समयभित्रै समाधान हुने मन्त्री बोहोराले बताए ।

आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि-इन्ट्रीको व्यवस्था गर्नेछ ।

‘पहिलेको श्रम स्वीकृति भन्दा बढी बस्ने कामदारलाई सहज होस् भनेर यस्तो व्यवस्था गर्न लागिएको हो’ सिंहदरबारमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बोहोराले भने-‘यो व्यवस्थाका लागि के-के गर्ने भन्ने प्रतिवेदन म कहाँ आइपुगेको छ, यसलाई चाँडै  कार्यान्वयन गर्छु ।’

कल्याणकारी कोषका तिर्नुपर्ने शुल्क पनि विपदेशबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।

विमानस्थलमा पनि
यसैबीच सरकारले त्रिभुवन विमानस्थलमै पुनः श्रम स्वीकृति दिने व्यवस्थाको लागि तयारी पनि थालेको छ । यो व्यवस्था अर्को आथिर्क वर्षदेखि गर्ने श्रम मन्त्रालयको योजना छ ।

तहाचलबाट रि-इन्ट्री गराउँदा कामदारले अनेक हण्डर खेपीरहनु परिरहेको छ । यो समस्यालाई हटाउन अब विमानस्थलमै रि-इन्ट्री गराउने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment