Comments Add Comment

नयाँ नगरपालिकालाई जग्गादान गर्न दलालको होडबाजी

३० वैशाख, काठमाडौं । कायाएलय राख्न सित्तैमा जग्गा दान गर्ने होड चल्दा १२ वटा नयाँ नगरपालिकामा केन्द्र कहाँ राख्ने भन्ने विवाद चर्किएको छ ।

plottingधनकुटाको पाखिबास नगरपालिकालगाय कतिपयको विवाद त अदालतसम्मै पुगेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरुले बताएको आजको कारोबार दैनिकले जनाएको छ ।

आफूले प्लटिङ गरेको जग्गाको भाउ बडाउन दलालहरुले सित्तैमा जग्गा दिने होड चलेको छ ।  कतिपय नगरपालिकामा सरकारले तोकेको ठाँउमा जग्गा पाइएको छैन ।

मन्त्रालयका अनुसार महोत्तरीको गौशालामा एक जग्गा व्यवसायीले नगरपालिकाको भवन बनाउन पाँच कठ्ठा जग्गा सित्तैमा दिएका थिए ।  त्यसपछि अर्का व्यवसायीले ११ कठ्ठा दिएपछि कार्यालयको भवन कहाँ बनाउने भन्ने विवाद चर्किएको छ ।

दुवै जग्गा एकै ठाँउमा भए पनि गौशाला नगरपालिकाको भवन कहाँ बनाउने भन्दै निर्देशनात्मक अनुरोध गरेको पत्र मन्त्रालयमा आइपुगेको छ । कुन ठाँउमा कार्यालय राख्ने भन्दै एकआपसमा भिडन्तसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment