Comments Add Comment

१५ सीमास्तम्भ हराए, मर्मतसम्भारको अभावमा जीर्ण

sima-stamva३० वैशाख, कञ्चनपुर । नेपाल–भारत सिमाना छुट्याउने पश्चिमी सीमा क्षेत्रमा रहेका सीमा स्तम्भ मर्मतसम्भारको अभावमा जीर्ण भएका छन् ।

कञ्चनपुरको पूर्वी सीमा क्षेत्र वाइसेविचवा गाविसदेखि भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रसम्म रहेका अधिकांश सीमा स्तम्भ लामो समयदेखि मर्मत नहुँदा ढलेको, हराएको र इँट्टा खिइएर ढल्ने अवस्थामा पुगेका छन् ।

तीन वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण भीमदत्तनगरपालिकाको ब्रह्मदेव खल्ला मछेट्टीको ८१३ नम्बर सीमा स्तम्भ ढलेको अवस्थामा रहेको छ ।

महाकाली नदी क्षेत्रमा रहेको साबिक सीमास्तम्भ नं ३ र ३ ‘ए’को अवस्थासमेत अज्ञात रहेको पूर्व सीमा सर्वेक्षक मानसिंह भण्डारीले बताए ।

उनका  अनुसार भारतको खिरीसँग सीमा जोडिएका क्षेत्रमा राखिएका मुख्य र सहायक गरी १०४ सीमा स्तम्भमध्ये १२ वटा सीमास्तम्भ हराएका छन् । “भारतको पिलिभित क्षेत्रमा रहेका १५ सीमास्तम्भ महाकाली नदीले बगाए पनि हालसम्म पुनःनिर्माण हुन सकेका छैनन्”, उनले भने ।

भारतको उधमसिंह नगर र चम्पावतमा गरी तीनवटा सीमास्तम्भ हराएको उनको भनाइ रहेको छ । “सीमास्तम्भ मर्मतसम्भार पुनःनिर्माणका लागि जोर भारतले र बिजोर सीमास्तम्भ नेपालले निर्माण गर्ने सहमति भएको धेरै भएपनि कार्य अगाडि बढ्न नसक्नु चिन्ताको विषय हो”, उनले भने ।

बनबासा गड्डाचौकी क्षेत्रमा रहेको एच शून्य एक, बाइसे विचवाको डोकेबजार क्षेत्रमा रहेको ८१६ सीमास्तम्भसमेत जीर्ण अवस्थामा रहेका छन् । कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालले जीर्ण भएका सीमास्तम्भ पुनःनिर्माणका लागि गृह मन्त्रालयमा प्रतिवेदन पेस गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment