Comments Add Comment

उपत्यका र आसपासमा वर्षा, उडान प्रभावित

Rain३० वैशाख, काठमाडौं । बिहीबार विहानै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ ।

पानी रोकिन केही घन्टा लाग्नेछ भने आज दिनभरनै मौसम बदली हुने पूर्मानुमान रहेको मौसमविद राजु प्रधाननाङ्गले बताए ।

मे महिना भन्दा अगाडिसम्म पानी परेको थिएन । तर, अब प्रि मनसुन गतिविधि सक्रिय भएको छ । काठमाडौंमा विकास भएको क्लाउड मासले गर्दा पनि पानी परेको प्रधाननाङ्गले बताए ।

वर्षाका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै उडान समेत प्रभावित भएको छ ।

बिहीबार र पूर्व र मध्यपश्चिममा पनि मौसम बदली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment