Comments Add Comment

नेपाल चीनबीच अप्टिकल फाइबर जोडियो

३१ काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ ।

Internet-Logoयससँगै नेपाल चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।
अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ ।

नेपाल टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ-एडिएसएस) अप्टिकल फाइबर जोडिएको जानकारी दिए ।

‘चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ,’ उनले भने,’ मे भित्रमा चीन-नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ ।

सबै कार्य सम्पन्न भएसँगै नेपाल टेलिकमले प्रदान गर्ने डेटा र भ्वाइस सेवामा समेत ठूलो असर पर्ने छ ।

हाल नेपाल भारतको बाटो हुँदै एसियाकै अर्को ठूलो डेटा सेन्टर सिंगापुरमार्फत विश्वसँगको इन्टरनेट सम्पर्कमा छ । हङकङका ट्राफिक हवसँग सीधा जोडिनुभनेको गुगल वा अन्य इन्टरनेट सेयरिङसँगसमेत सीधा जोडिनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment