Comments Add Comment

मोर्चालाई अमान्य हुने भए मेरो समिति भंग होस्: थापा

kamal thapa

३१ वैशाख, विराटनगर । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले आफ्नो संयोजकत्वमा रहेको राजनीतिक समितिलाई विघटन गरी मोर्चालाई मान्य हुने समिति निर्माण गर्न सरकार तयार हरेको प्रष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री थापाले भने-‘मेरो संयोजकत्वमा बनेको राजनीतिक समिति मोर्चालाई स्वीकार्य छैन भने पद छाड्न तयार छु, अर्को राजनीतिक समिति बनाएर अगाडि वढाैं ।’

थापाले आफ्नो लागि संयोजक पद भन्दा राष्ट्र महत्वपूर्ण हुने भन्दै  मोर्चा वार्ता मार्फत् सहमतिमा आउन प्रतिवद्ध भने हुनुपर्ने बताए । उनले सीमांकन सम्वन्धि विवादलार्इ राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याउन सरकार तयार रहेको भएपनि मधेशी मोर्चाका कारण समितिलार्इ पूर्णता दिन नसक्दा वार्ता प्रक्रियामा ढिलाइ भइरहेको जानकारी दिए ।

समिति गठन गरेर वार्ता र छलफलबाटै मोर्चाको माग सम्वोधन गर्न प्रतिपक्ष दल नेपाली कांग्रेस, एमाले, एमाओवादीबीच सैद्धान्तिक सहमति भइसकेकाले झिना मसिना कुरालार्इ आधार मानेर मुलुकलार्इ अस्थिरतातर्फ धकेल्ने काम नगर्न मोर्चालार्इ आग्रह गरे ।

अर्को प्रशंगमा उनले स्थानीय निकायको निर्वाचन गराउन कुनै कानूनी वाधा अड्चन नभएकाले आगामी मंसिरमा निार्वाचन गराउने गरी सरकार अघि बढिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment