Comments Add Comment

कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्नः न्यायाधीशमा भाग खोजेको त होइन ?

kp-oli३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा राजनीतिक हस्तक्षेप भएको भन्ने विपक्षीको आरोप अस्वीकार गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुको शुक्रबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा जस्तै भागवण्डा भएन र आफ्नो भागबाट कोही परेनन् भनेको त होइन भनेर प्रश्न गरे ।

सरकारले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रयास गरेको दाबी गर्दै उनले यसलाई बुझ्न कमजोरी भएको दाबी गरे ।

सर्वोच्चका ११ न्यायाधीश सिफारिसलाई लिएर विपक्षी कांग्रेसले सरकारमाथि अदालतमा राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएको छ ।

कांग्रेसको आरोप खण्डन गर्दै प्रधानमन्त्री ओलीले भने, न्याय परिषदले सिफारिस गरेको नाम र प्रक्रियाका सन्दर्भमा सरकारको कुनै चासो र सरोकारको विषय नै रहेन ।’ उनले राजनीतिकरण भयो भनेर राजनीतिक भागवण्डा भएन र आफ्नो परेन भन्न खोजेको त होइन भनेर प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment