Comments Add Comment

क्यान निलम्बनपछि राखेप आफैं क्रिकेट प्रतियोगिता गर्ने तयारीमा

keshab Bista

३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संंघ क्यान निलम्बनमा परेपछि राष्ट्रिय खेलकुद परिषद राखेप आफैंले क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ ।

दुईदिवसीय प्रतियोगिता जेठमा गर्ने राखेपको तयारी छ । जेठ महिनाभित्र क्रिकेटका दुई प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको राखेप सदस्यसचिव केशवकुमार विष्टले अनलाइनखवरलाई जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री कपको नामबाट राष्ट्रिय स्तरको दुईदिवसीय प्रतियोगिता महिला र पुरुष दुवै टोलीका लागि आयोजना गरिनेछ । विष्टका अनुसार परिषदले प्रधानमन्त्री कपका लागि ६० लाख बजेट छुट्याएको छ ।

त्यस्तै जेठको १९ देखि २१ सम्म राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि परिषदले २५ लाख बजेट छुट्याएको छ । सदस्यसचिव विष्टका अनुसार प्रधानमन्त्री कप दुईदिवसीय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड भन्दा अगाडि नै गर्ने विषयमा छलफल भइरहेको तर, निर्णय भइसकेको छैन ।

नेपालको राष्ट्रिय टोलीले आगामी जुलाईमा नेपालले इंग्ल्याण्डको लर्ड्स मैदानमा मेरिलोबर्न क्रिकेट क्लबसँग सिरिज खेल्दैछ । जेठको प्रतियोगिता लड्सको भ्रमणको तयारीको रुपमा समेत रहेको राखेपले जनाएको छ ।

नेपालले आगामी अगस्ट महिनामा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको खेलका लागि नेदरल्याण्ड्सको भ्रमण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment