Comments Add Comment

पुनर्निर्माणलाई गति दिन मालेको आग्रह

CP-Mainali१ जेठ, काठमाडौँ । नेकपा मालेले गत वर्षको भूकम्पका कारण जाडो तथा वर्षायाममा घरविहीन भई बस्न बाध्य जनतालाई चाडो घर फर्काउन माग गरेको छ ।

पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनको निर्णय शुक्रबार सार्वजनिक गर्दै पार्टी महासचिव सीपी मैनालीले भूकम्पपछिको पुनःनिर्माणलाई गति दिन आग्रह गरे ।

नवनिर्वाचित महासचिव मैनालीले नेपालको ब्यापार र पारवहनको विविधिकरणका लागि भारत र चीनसँग भएका सम्झौतालाई अविलम्ब लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

पार्टीको महाधिवेशनले वर्तमान राजनीतिक गठबन्धनलाई सुदृढ गर्न र प्रतिपक्षको जिम्मेवार भूमिकालाई कदर गर्न सरकारलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिए ।

उनले जनताको लामो समयको सङ्घर्षपछि प्राप्त भएको संविधान कार्यान्वयनका लागि सबै दलले सहयोग गर्नुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षको भावनालाई संविधान संशोधनको माध्यमबाट सम्बोधन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment