Comments Add Comment

दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडक १० मिटर फराकिलो बनाउन सुरू

sumo-travel
१ जेठ, काठमाडौं । शनिबारदेखि दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडकखण्ड विस्तारको काम सुुरु भएको छ । साँघुरो सडकलाई दुई लेनमा विस्तार गर्न लागिएको हो ।

यसैकारण सडकलाई दिउँसोको समयमा बन्द गर्न सुरु गरिएको छ  । दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडकमा अब एक महिनासम्म विस्तारको काम चल्नेछ । अब यो सडक खण्डलाई १० मिटर फराकिलो बनाउन लागिएको सडक डिभिजन कार्यालय काठमाडौं टेकुले जनाएको छ ।

त्यसैकारण यो खण्ड दैनिक ६ घण्टाका लागि पूर्णरुपमा बन्द गरिनेछ । विहान ११ बजेदेखि साँझ ५ बजेसम्म बन्द गरेर सडकमा बिस्तारको काम सुरु भएको हो । यो समयमा सवारी आवत-जावतमा प्रतिवन्ध लगाइएको छ ।

सुरुमा सडक विस्तारको काम गर्ने र वर्षापछि मात्रै कालोपत्रे गर्ने सडक डिभिजनको योजना छ । सडक विस्तार गरेर कालोपत्रे गर्ने डिभिजनले जनाएको छ ।  अहिले यो सडकमा तराई र हेटौंडाबाट छुट्ने सुमो र बुलेरो गाडीको चाप हुने गरेको छ ।

शनिबारदेखि सडक बन्द हुने समयमा सवारीहरुले विभन्न वैकल्पिक बाटो प्रयोग गर्न सुरु गरेका छन् ।
सवारी चालकहलाई फर्पिङबाट फाखेल हुँदै कुलेखानी निस्कने, त्रिभुवन राजपथबाट पालुङ हुँदै हेटौंडा जाने, त्रिभुवन पार्कबाट चन्द्रागिरी हुँदै चित्लाङ र पालुङ पुग्ने वा पूर्व-पश्चिम राजमार्ग नै प्रयोग गर्ने विकल्प दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment