Comments Add Comment

लोक स्रष्टा धमाधम बिरामी, उपचारमा समस्या

sarita karkiकाठमाडौं । माया, प्रेम र बिरहका गीत गाएर स्रोतालाई मनोरञ्जन दिने केही कलाकार अहिले बिरामी अवस्थामा छन् । लोक गायन क्षेत्रमा सक्रिय केहि गायक गायिका अहिले अस्पतालको शैयामा जीवन विताइरहेका छन् ।

कोही सवारी दुर्घटना भएर अस्पतालको शैयामा पुगेका छन् भने मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा समेत केही कलाकार रहेका छन् । दुबै मृगौलाले काम नगरेपछि पशुपति म्युजिकका सञ्चालक शिबराज पौडेल उपचारका लागि अस्पताल पुगेका छन् ।

आर्थिक स्थिती कमजोर रहेका पौडेल अहिले उपचारका लागि सहयोगको अपिल गर्दै छन् । केही शुभचिन्तकले केही रकम सहयोग गरेपनि उपचारका लागि चाहिने जति रकम उपलब्ध नभएको लोक गायक बद्री पंगेनीले बताए ।

स्कुटी दुर्घटनामा परेकी लोक गायिका सरिता कार्की अझै पूर्ण रुपमा निको भएकी छैनन् । अस्पतालवाट घर फर्किएकी सरिताले अनुहार र खुट्टामा दाग बाँकी रहेकाले केही दिन आराम गर्न डक्टरले सुझाब दिएको बनाईन् ।

kalpana dahalलोक गायिका कल्पना दाहाल पनि सिकिस्त बिरामी भएर मनमोहन अस्पताल भर्ना भएकी छिन् । उनको स्वास्थ्यमा सुधार भए पनि केही दिन उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाब छ ।

संगीतकार विनोद वाजुराली बिरामी छोराको उपचारमा ब्यस्त छन् । सर्जक प्रतिष्ठान उपत्यका समन्वय समितीका अध्यक्ष शिब हमाल पनि घाइते भएका छन् । गायक बद्री पंगेनी भन्छन् ‘अहिले बिरामी भएका मध्ये शिब पौडेल र कल्पना दाहाललाई सहयोगको खाँचो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment