Comments Add Comment

फिफाको महासचिवमा पहिलोपटक महिला चुनिइन्

१ जेठ, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को इतिहासमा पहिलोपटक महिला महासचिव चुनिएकी छन् । सेनेगलकी ५४ वर्षीय फातिमा साम्बा जुफ सेम्यूरा फिफाको महासचिवमा चुनिएकी हुन् ।

Fatma-Samoura,-from-Senegal-elected-to-FIFA-Secretary६६ औं अधिवेशनबाट साम्बालाई महासचिवमा चुनिएको फिफाले जनाएको छ ।

उनले २१ वर्षसम्म संयुक्त राष्ट्रसंघमा काम गरेकी थिइन् । अब उनले आगामी जुन महिनादेखि फिफाको जिम्मेवारी सम्हाल्नेछिन् ।

सेम्यूराले जेरुम वाल्कको स्थान लिनेछिन् । गत वर्ष वाल्कलाई भ्रष्टाचारमा आरोपमा बर्खास्त गरिएको थियो ।

सेम्यूराको नियुक्तिको घोषणा गर्दै फिफाको अध्यक्ष जानी इनफेन्टिनोले भने, ‘उनी संस्थाको लागि एक ताजा हावाको झोका जस्तो हुनेछिन् । उनी बाहिरकी हुन् र संस्थामा नयाँ पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment