Comments Add Comment

देशको अवस्थाप्रति पूर्वराजाको असन्तुष्टि

gyanendra_nuwakot२ जेठ काठमाडौं । पृथ्वी राजामार्गको गल्छी हुँदै नुवाकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले १५ वर्ष पछि नुवाकोटको भैरवी मन्दिरमा पूजा गरेका छन् ।

परिवार सहित नुवाकोट पसगेका पूर्वराजाले नुवाकोटका विभिन्न मठमन्दिरमा पूजा अर्चनान गरेका थिए । पूजा अर्चना पछि स्थानीय पत्रकारसँग कुरा गर्दे शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएको आजको आजको अन्नपूर्णमा समाचार छ ।

नुवाकोटको बट्टार बजारमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजा शाहले देशमा शान्ति आउनुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘तपाईँहरुलाई देशको अहिलेको परिस्थितिबारे थाहा छँदैछ’,  पाँच सय वर्ष पुरानो भैरवी मन्दिरमा पत्नी कोमलसहित पूजा गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘देशमा शान्ति आउनुपर्यो । सबैले सुख पाउनुपर्यो । उनले अहिलेको अवस्थामा सुधार आउनुपर्ने उल्लेख गरेका हुन् ।

भैरवी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाहले पाँच किलोमिटर तल बिदुर बजारको रूद्रेवर महादेव मन्दिरमा पनि पूजा गरे ।

त्यहाँ पूजा गरेपछि उनले डेढ किलोमिटर पैदल हिँड्दै स्थानीयबासीसँग भलाकुसरी गरेका थिए । त्यसक्रममा पूर्वराजा शाह र राजतन्त्रका पक्षमा स्थानीयबसीले चर्काे नाराबाजी पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment