Comments Add Comment

पुरानो प्रविधिका कारण मौसम सम्बन्धि जानकारी दिन समस्या

mausambibhag_taplejung२ जेठ, ताप्लेजुङ । भौतिक संरचना र आधुनिक उपकरणको अभावमा ताप्लेजुङमा रहेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालयले अनुमान र पुराना प्रविधिको भरमा मौसम सम्बन्धि जानकारी दिइहेको छ  ।

समय अनुकुलको प्रविधि नहुँदा आफूहरुले दिएको जानकारीनै फरक पर्ला भन्ने चिन्ता कार्यरत कर्मचारीमा छ । सही जानकारी दिन समस्या भएसँगै यसबाट जोखिम बढ्ने देखिएको छ ।

पछिल्लो समय मौसम सम्बन्धि जानकारी लिएर मात्र पर्यटक, आरोहिले हिमाल चड्ने र यात्रा गर्ने गरे पनि उपकरण अभावमा सहि जानकारी दिन समस्या भएको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए ।

दैनिक वर्षा र तापक्रमको जानकारी दिने यस कार्यालयमा स्थापना कालमा राखिएको पुराना तापक्रम नाप्ने थर्ममिटर, वर्षा र हावा नाप्ने पुराना सामागि्रको भरमा काम गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख न्यौपानेले बताए ।

पहिलेको जस्तो मौसम अहिले नभएको र समय समयमा मौसम फेरबदल भईरहने तर उपकरण भने पुरानै हुँदा काम गर्न समस्या भएको उनको भनाइ छ ।

उपकरण मात्र नभई कार्यालय भवन समेत ढल्ने अबस्थामा पुगेको छ भने कर्मचारी बस्ने फर्निचर समेत पुराना र काम नलाग्ने अस्थामा पुगेको कर्मचारीहरु बताउँछन् ।

भवन निर्माण, उपकरण खरीद र कार्यालय व्यवस्थानमा मन्त्रालय र विभागबाट बजेट नआउँदा पुरानै भवन, फर्निचर र उपकरणको भरमा काम गर्नुपरेको उनीहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment