Comments Add Comment

आँखामुनिको कालो घेरा हटाउने ५ उपाय

BLACK-EYE-CIRCLEशरीरमा पोषक तत्वको कमी, रातको समयमा अनिँधो बसेर लामो समय काम गर्ने बानी, कमजोर, तनाव तथा हर्मोनजन्य गडबडीका कारण आँखाको तलपट्ट कालो घेरा अर्थात् डार्क सर्कल देखा पर्दछ ।

यसले अनुहारको सुन्दरतामा ठूलो असर पूराउँदछ । त्यसैले डार्क सर्कल धेरैको चिन्ताको विषय बन्दछ । तर चिन्ता गर्नुपर्दैन केही घरेलु उपाय द्धारानै छोटो समयमा डार्क सर्कल हटाउन सकिन्छ । डार्क सर्कल हटाउने ५ उपाय यस्ता छन्ः

  • एउटा काँचो आलु लिनुहोस् र त्यसको जुस बनाउनुहोस् । उक्त रसलाई कपासको सहयोगले आँखामुनिको कालो घेरा अर्थात् डार्क सर्कल क्षेत्रमा लगाउनुहोस् । १०-१५ मिनेटसम्म मज्जाले सुक्न दिनुहोस्  र मनतातो पानीले मुख धुनुहोस् । दिनमा दुइपटक यस्तो गर्नाले १० दिनमै तपाइँको डार्क सर्कल कम हुन्छ ।
  • एक चम्चा कागतीको रस र एक चम्चा गोलभेँडाको रस मिलाएर कालो घेरामा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् । लगातार केही दिनसम्म दिनहुँ यहीँ प्रक्रिया दोहोराउनुहोस् ।
  • दिनमा दुइपटक १ चम्चा कागतीको रस डार्क सर्कलमा मज्जाले लगाउने र १० मिनेटपछि धुने ।
  • दुइवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्नुहोस् र चिस्याउनुहोस् । त्यसपछि निकालेर ती टिब्यागलाई डार्क सर्कलमा १० मिनेटसम्म राख्नुहोस् । त्यसपछि पानीले अनुहार धुनुहोस् ।
  • आँखाको तल डार्क सर्कल भएको ठाउँमा नरिवलको तेलले मज्जाले मालिस गर्नुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् । दिनमा ३ पटक यसो गर्नाले १० दिनमा तपाइँको डार्क सर्कल कम हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment