Comments Add Comment

सरकार ढाल्ने प्रयास गरेको प्रमाणित गर्न निवर्तमान राजदूत उपाध्यायको चुनौती

Deep-kumar-upadhyaya

२ जेठ, काठमाडौं । सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय आइतबार नेपाल फर्किएका छन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निवर्तमान राजदूत उपाध्यायले सरकारले आफूमाथि कुनै आरोप नलगाएको बताए । उनका अनुसार सरकारले पठाएको पत्रमा जिम्मेवारीबाट मुक्त गरियो मात्र भनिएको छ ।

राजदूतबाट फिर्ता बोलाउने क्रममा सरकारले उपाध्यायमाथि तीन आरोप लगाएको थियो । सरकारले उनलाई हटाउने क्रममा सरकारलाई जानकारी नगराई आउजाउ गरेको, अनुमति नलिई भारतीय राजदूतसँग विभिन्न कार्यक्रममा गएको र ओली सरकार ढाल्ने प्रयास गरेको आरोप लगाएको थियो ।

यसबारे सोधिएको प्रश्नमा कांग्रेस नेता समेत रहेका उपाध्यायले आरोप प्रमाणित गर्न चुनौती दिए । आफूले प्रधानमन्त्रीलाई भेट्न बाँकी नै रहेकाले धेरै राजनीतिक टिप्पणी नगर्ने उनले बताए ।

निवर्तमान राजदूत उपाध्यायले भने, मलाई लगाइएको आरोप प्रमाणित भए सार्वजनिक जीवनबाटै सन्यास दिन्छु ।’

उनले नेपाल र भारतको सम्वन्ध जुवाको खाल जस्तो एउटाले जित्ने र अर्कोले हार्ने नभएको टिप्पणी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment