Comments Add Comment

दीपकुमारले राष्ट्रपति भेट्न पाएनन्

३ जेठ, काठमाडौं । कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन पाएनन् ।

Deep-kumarतीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति कार्यालयले आइतबार अपरान्ह ४ बजे राष्ट्रपतिसँग भेटघाटको समय मिलाएको थियो । तर उक्त समय उपाध्याय शीतलनिवास नपुगेको अाजकाे नागरिक दैनिकले जनाएको छ ।

उनले आफूलाई भेटघाटका लागि समय दिइएकोबारे थाहै नपाएको बताए । घरमा बसिरहेका बेला ४ बजे मात्र थाहा भयो भेटघाटको समय राखिएको रहेछ, उपाध्यायले भने । परराष्ट्रले जानकारी नगराउँदा उनले राष्ट्रपति भेट्न नपाएका हुन् ।

‘चार बजे तपाईको भेट गर्ने कार्यक्रम थियो, किन नआउनुभएको ?’ राष्ट्रपति कार्यालयबाट फोन आएपछि आफ्नै निवासमा रहेका उनी चकित परेका थिए ।

राष्ट्रपति कार्यलयबाट फोन आउनु अघिसम्म उनलाई भेटवार्ताबारे कसैले जानकारी दिएको थिए । राष्ट्रपतिको भारत भ्रमण स्थगित गरेकै दिन शुक्रबार सरकारले भारतका लािग नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment