Comments Add Comment

सगरमाथाको फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड

everst (8)४ जेठ, काठमाडौं । दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यातिर लम्केका आरोही अहिले आधार शिविर दिनहुँ उकालो लागिरहेका आजको नागरिक दैनिकमा समाचार छ ।

चुचुरो पुग्ने ‘लालसा’ र पुगेपछि र्फकने हतारोका कारण बाटो जाम हुन थालेको छ ।

गएको ६ दिनमा आरोहण गतिविधिबाट यो प्रष्ट हुन्छ । गत बुधबार देखि सोमबार सम्म विभिन्न देशका ८८ आरोहीले सगरमाथा शिखरमा विजयी झन्डा फहराएका छन् ।

यसमा विदेशी भन्दा नेपालीको संख्या धेरै छ । सबैले दक्षिणपूवी मोहोडा नेपाली भागबाट आरोहण गरेका हुन् ।

आधारशिविरबाट चुचुरो पुग्ने र र्फकने बाटो एउटै हुन हुँदा पनि जाम हुने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment