Comments Add Comment

कामदार कर्मचारीले मागे न्युनतम २५ हजार तलब

४ जेठ, काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीहरुले दैनिक बजार भाउ आकासिएकाले कामदार कर्मचारीले प्राप्त गरेको तलबले जीविकोपार्जन हुन नसक्ने भन्दै न्युनतम २५ हजार रुपैयाँ निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

nepal_moneyनेपाल वित्तीय संस्था कर्मचारी संघ, बैक बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिले मंगलबार अर्थमन्त्रीलाई भेटेर मह्रगीको अनुपातमा कामदार/कर्मचारीहरुको तलब भत्ता सुविधा अत्यन्तै न्यून भएको भन्दै न्यूनतम २५ हजार मासिक हुनुपर्ने माग गरेका हुन् ।

कर्मचारीले हालको कर छुटको सीमा वृद्धि गरी ५ लाख बनाउनुपर्ने, कामदार कर्मचारीबाट संकलित १ प्रतिशत सामाजिक सुरक्षा कर रकम र कल्याणकारी कोषमा जम्मा भएको रकमबाट श्रमिक तथा उनीहरुको परिवारको लागि आधारभुत शिक्षा र स्वास्थ्यमा लगाउनुपर्ने माग समेत गरेका छन् ।

यसैगरी कालोबजारी नियन्त्रण, वित्तीय क्षेत्रको नियमन अनुगमन गरी न्यूनतम श्रम मापदण्ड लागु गर्नुपर्ने लगायत १५ बुदे मागपत्र कर्मचारीहरुले बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment