Comments Add Comment

माओवादी एकतालगत्तै विप्लव माओवादीले खुलामञ्चमा जनसभा गर्दै, मोहन वैद्यलाई पनि निम्तो

नेत्रविक्रम चन्द 'विप्लव' (फाइल तस्वीर)
नेत्रविक्रम चन्द ‘विप्लव’ (फाइल तस्वीर)

५ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले शुक्रबार काठमाडौंमा जनसभा आयोजना गर्दैछ ।

माओवादीले जनयुद्धकालदेखि मनाउँदै आएको वेपत्ता तथा सहिद स्मृति दिवसको सन्दर्भ पारेर सभा आयोजना गर्न लागिएको हो ।

पार्टी केन्द्रीय समितिले आयोजना गरेको सभालाई संयोजक विप्लवलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।  माओवादी पार्टीहरुको एकताको भोलिपल्ट खुलामञ्चमा हुने सभालाई शक्ति प्रदर्शनको रुपमा पनि लिइएको छ ।

सभा अघि काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ । सभाबाट पार्टीको नीति तथा कार्यक्रमबारे कार्यकर्ताहरुलाई जानकारी दिने र वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्बजनिक गर्ने विप्लव माओवादीले जनाएको छ ।

मोहन वैद्यलाई पनि निम्तो

सभामा अतिथिको रुपमा मोहन वैद्य ‘किरण’ र एमाओवादीका पूर्व पोलिटव्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पनि निम्ताइएको छ । ओलीले एमाओवादी परित्याग गरी ‘कम्युनिष्ट न्यूक्लियस नेपाल’ नामको पार्टी खोलेका छन् ।

माओवादीका अन्य नेताहरुलाई भने विप्लव माओवादीले नबोलाएको एक नेताले बताए ।

विप्लव माओवादीको जनसभाको अघिल्लो दिन बिहीबार एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादीको बादल पक्ष र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता घोषणा हुँदैछ ।

उक्त कार्यक्रममा विप्लव माओवादी र मातृका यादव नेतृत्वको माओवादीका केही नेताहरु पनि एमाओवादीमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment