Comments Add Comment

सुरक्षित वैदेशिक रोजगारीका लागि आयो ‘शुभयात्रा’ एप

गैरआवासीय नेपाली संघको अगुवाइमा हातहातमै सूचना

nrn deepak bohora (2)
५ जेठ, काठमाडौं । तपाईं रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? कि वैदेशिक रोजगारीका सिलसिलामा विदेशमै हुनुहुन्छ ? आफ्नो वैदेशिक रोजगार यात्रालाई सुरक्षित र सहज बनाउन चाहानुहन्छ भने मोबाइल एप ‘शुभयात्रा’ डाउनलोड गर्नुस् ।

यो एपले विदेशमा आपत पर्दा मात्र हैन, विदेश जानका लागि देश भित्रै भाैँतारिएका युवालाई पनि यसले उचित परामर्श दिनेछ । वैदेशिक रोजगारीमा जाने र जान चाहाने युवालाई सु-सूचित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘शुभयात्रा मोबाइल एप’ सार्वजनिक गरेको हो ।

‘द एशिया फाउण्डेसन’को आर्थिक सहयोगमा संघले यो एप निर्माण गरेको हो । एपमा वैदेशिक रोजगारीमा जान चाहाने नेपालीलाई लक्षित गरी विभिन्न सूचना तथा सामाग्रीहरु राखिएको छ ।

यसअघि वैदेशिक रोजगार प्रर्बद्धन बोर्ड, बैदेशिक रोजगार बिभाग तथा केही गैरसरकारी संस्थाहरुको संलग्नतामा विभिन्न सूचनामूलक पर्चाहरु निकाल्ने गरिएको भए पनि मोबाइल एपमार्फत् सवै देशका सूचनाहरु एकीकृतरुपमा उपलब्ध गराउने यो पहिलो प्रयास हो ।

एपमा वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि थुप्रै जानकारी, सुझाव र सूचनाहरु छन् । जसले वैदेशिक रोजगार यात्राको पुर्वतयारीलाई सहज र सरल मात्रै बनाउने छैन, भविष्यमा वैदेशिक रोजगारीका लागि विदेसिएर दुःख भोग्नुपर्ने जोखिलाई पनि घटाउँछ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, द एसिया फउण्डेशनकी नेपालस्थित उपनिर्देशक नन्दिता बरुवा र फाउण्डेसनका डिजिटल मिडिया नर्देशक जोन कार्प र वैदेशिक रोजगारीबाट फर्किएका जनक विक र जमुना घिमिरेले संयुक्त रुपमा शुभयात्रा एप सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष शेष घलेले वैदेशिक रोजगारीमा सिलसिलामा लाखौं नेपालीले देशबाहिर श्रम बेचिरहेकाले उनीहरुको सुरक्षित आप्रवासनलाई ध्यानमा राखेर एप निर्माण गरिएको बताए ।

उनले यसमा सहयोग पुर्‍याउने सबैलाई आभार प्रकट गर्दै विदेशमा रहेका नेपाली कामदारको हितमा सरकारसँग पनि सहकार्य गर्ने उल्लेख गरे ।

nrn deepak bohora (1)
‘विशेषगरी नेपालीको प्रमुख श्रम गन्तब्य मानिएका मलेसिया, साउदी र कतारमा पुग्ने नेपालीहरुलाई लक्षित गरी यो एप सावजनिक गरिएको हो’ अध्यक्ष घलेले भने-‘यसलाई अझ समृद्ध नाएर उपयोगी बनाउन हामी प्रतिवद्ध छौं ।’

यो एपको विकास एसिया फाउण्डेसनको सहयोगमा योङ इनोभेसनले गरेको हो । अध्यक्ष घलेले एसिया फाउण्डेसनको सहयोगमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई आधुनिक प्रविधिमार्फत सु-सूचित गराउने अभियान सुरु गर्न सकिएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

रोजगारमन्त्री  बोहोराले मोबाइल एपमार्फत् सूचना दिने गैरआवासीय नेपाली संघ र एशिया फाउण्डेसनको प्रयासको प्रसंसा गरे। एपलाई अझै सूचनामूलक बनाउन मन्त्रालयले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

एपका फिचर्स
shuvayatra-mobile-appशुभयत्रा एप एन्ड्रोइड मोबाइलका लागि तयार पारिएको हो । एप स्टोरबाट शुभयात्रा एप अन्य जस्तै सहजै डाउनलोड गर्न सकिन्छ ।

यो डाउनलोड गरेपछि यसमा विभिन्न मेनुहरु देखिन्छन् । तपाईले तिनै मेनुहरुमा प्रवेश गरेर विभिन्न सूचनाहरु पाउन सक्नुहुन्छ । साक्षरका लागि लिखित सूचनाहरु छन् भने निरक्षरका लागि अडियो र भिडियोमा सुरक्षित वैदेशिक रोजगारीबारे विभिन्न जानकारीहरु राखएकिा छन् ।

यसको यात्रा मेनुमा प्रवेश गरेर तपाईंले वैदेशिक रोजगारबारे कँहा-कहाँबाट सूचना लिने, कस्तो सीप सिकेर जाँदा राम्रो कमाइ हुन्छ, आवेदन प्रक्रिया कसरी अघि बढाउने, एमआरपी कसरी बनाउने, श्रम स्वीकृति र भिसा कसरी पाउने, स्वास्थ्य प्रमाणपत्र र बीमाबारे के कस्ता व्यवस्था छन, रोजगार करारपत्र के हो ? लगायतका महत्वपूर्ण सूचनाहरु विस्तृतमा पाउनुहुनेछ । सजिलोका लागि यस्ता जानकारी प्रश्न-उत्तरका रुपमा राखिएका छन् ।

यसैगरी एपमा रहेको गन्तब्य मेनुभित्र मुख्यतया नेपालीहरु जाने मलेसिया, साउदी र कतारबारे छुट्टाछुट्टै जानकारीहरु समेटिएका छन् । यसमा आफू जान चाहेको वा कार्यरत देशबारेका धेरै जानकारीहरु छन् ।

त्यो देश रहँदा के गर्नु हुन्छ र के गर्नु हुँदैन, कस्तो खालको कानुन छ, आपत पर्दा के गर्ने, कसलाई सम्पर्क गर्नेसहित सम्बन्धित देशको  भाषामा धेरै प्रयोग हुने शब्दहरुसेमत एपमा हेर्न सकिन्छ । यसले कामदारलाई विदेशमा रहँदा निकै सहज गराउन सक्ने एनआरएनएको अपेक्षा छ ।

एपमा अझै विभिन्न जानकारी र फिचर्सहरु थप्दै सबैका लागि उपयोगी बनाउने योजना छ । यसमा रहेका पेजहरु सेभ गरेर इन्टरनेट नभएका बेलामा पनि पढ्न सकिने र अडियो भिडियो पनि डाउनलोड गरेर राख्ने सुविधा दिइएको छ । यसले कामदारहरुलाई इन्टरनेट नभएपनि एपबाट सहयोग लिन सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment