Comments Add Comment

दाइजोमा जग्गा नपाएको भन्दै बिवाह भाड्ने बेहुलाका बुबा पक्राउ

marrige६ जेठ, काठमाडौं ।  दाइजोमा जग्गा नपाएको निहुँमा बिहे नै भाँडेर फरार बेहुलाका बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको महुवन गविस ३ का गणेश साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साहलाई नारायणी उपक्षेत्रीय अस्पताल अगाडिबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताएको अाजको अन्नपूर्णमा समाचार छ ।

फरार रहेका गणेश उपचारका लागि अस्पतालमा आएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्रेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

बेहुला हरि शंकर साह भने फरार नै रहेको र प्रहरीले उनको खोजी गरिरहेको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘ऊ जहाँ लुकेर बसेको भएपनि छिट्टै पक्राउ पर्छ ।’

पक्राउ परेका बेहुलाका बुबा गणेश विरुद्ध सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

पर्सा जिल्लामा दाइजोको विरुद्ध सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको सम्भवत यो पहिलो घटना भएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

महिला हिंसा, दाइजो, बालविवाह जस्ता सामाजिक कुरुतीहरु रोक्नका लागि पर्सा प्रहरी गम्भीरताका  साथ अगाडि बढेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पर्साकै लखनपुर गाविस वडा नम्बर ४ घर भएकी बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको आधारमा प्रहरीले बुधबार बेहुलाका बुबा गणेशलाई पक्राउ गरेको हो ।

बेहुली पक्षको उजुरी परेलगत्तै बेहुला हरिशंकर र उनका बुबा गणेश दुवै जना फरार भएका थिए । जग्गामा दाइजो नपाको निहँुमै बिहे भाँडेर धोखाधडी गरेको भन्दै बेहुलीका बुबा मथुराले बेहुला र उनका बुबा दुवैजना विरुद्ध कार्वाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment