Comments Add Comment

स्मार्टफोन र ट्याबलेट ल्याउँदै नोकिया

nokiaफिनल्याण्डको चर्चित टेलिकम इक्विपमेन्ट कम्पनी नोकियालेे नयाँ स्मार्टफोन तथा ट्याबलेट सँगै विश्व बजारमा पुनः उत्रिने संकेत गरेको छ ।

नवगठित फिनिस कम्पनीले आफ्नो ब्राण्डको लाइसेन्सिंगका माध्यमबाट यस क्षेत्रमा पुनः उत्रिने तयारीमा रहेको जनाएको छ ।

कुनैबेला विश्वको नम्बर वान मोबाइल ह्याण्डसेट उत्पादक कम्पनी रहेको नोकियाले भनेको छ: एचएमडी ग्लोबल लिमिटेड कम्पनीलाई हामीले विश्वव्यापी लाइसेन्स दिनेछौँ जसले आगामी १० वर्षभित्रमा नोकिया ब्राण्डका मोबाइल फोन तथा ट्याबलेट बनाउनेछ ।

यस प्रक्रियामा एचएमडी ग्लोबल र उसको ताइबानी साझेदार कम्पनी फक्सकन टेक्नोलोजी समूहको एफआइएच मोबाइलले माइक्रोसफ्टको फिचर फोन कारोबार ३५ करोड डलरमा खरीद गर्नेछन् । माइक्रोसफ्टले सन् २०१४ मा नोकियाबाट फोन व्यवसाय खरीद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment