Comments Add Comment

मातृका यादव पनि एमाओवादीमै फर्किए

६ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्न मातृका यादव पनि सहमत भएका छन् । मातृका यादवसमेतको सहभागीतामा बिहीबार माओवादी पार्टीहरुको एकता घोषणा कार्यक्रम हुँदैछ ।

matrika-yadavदिउँसो तीन बजे बबरमहलको कार्की पार्टी प्यालेसमा हुने घोषणसभा कार्यक्रममा मातृका यादव पनि सहभागी हुने एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जानकारी दिए ।  ‘मातृका जी पनि एकतामा आउनु हुनेभयो,’ प्रभाकरले अनलाइनखबरसँग भने ।

प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा ‘बादल’ नेतृत्वको पुनर्गठित क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका केही विद्रोही नेताहरुबीच बिहीबार एकता घोषणा हुँदैछ ।

मातृका यादव एकता प्रक्रियामा आउन अनिच्छुक थिए । एमाओवादी नेताहरुले उनलाई सहमतिमा ल्याउन लामै कसरत गर्नुपरेको थियो । स्रोतका अनुसार केहि माओवादी नेताहरुले उनलाई एकतामा ल्याउन नहुने भन्ने मतसमेत राखेका थिए ।

एमाओवादी परित्याग गरेपछि निष्कृय बस्दै आएकी नेतृ जयपुरी घर्ती पनि आजको कार्यक्रमबाट एमाओवादीमा फर्किंदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment