Comments Add Comment

बैंकका गोप्य विवरण हृयाकरको कब्जामा

hacked७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय हृयाकरले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका इलेक्ट्रोनिक डाटा हृयाक गरेको खुलासा भएको छ ।

टर्किस हृयाकर्स समूहले सानिमा बैंक र बिजनस युनिभर्सल डेभलपमेन्ट बैंकको डाटा हृयाक गरेको डेढ वर्षपछि खुलासा भएको आजको नागरिक दैनिकले जनाएको छ ।

त्यसो त डेढ वर्षअघि दुई बंगली नागरिकले यिनै बैंकको सिस्टमा अनधिकृत प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यो समूहसँग यी बंगाली व्यक्तिको सम्बन्ध भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

समूहले सन् २०१५ को सुरुवातमानै उल्लेखित वित्तिय संस्थाको डाटा हृयाक गरेको जनाएको छ । यही समूहले नेपालबोहक बंगालदेशी सेना र अन्तर्राष्ट्रिय स्तरका तीन वैंकका  तथ्यांकसमेत हृयाक गरेको दाबी गरेको छ ।

नेपालका सानिमा बैंक र विजनेस युनिभर्सल डेभलेपमेन्ट बैंकका ग्राहक र कर्मचारीसम्बन्धी तथ्यांक सार्वजनिक गरेको दाबी हृयाकर समूहले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment