Comments Add Comment

नेपाल डे परेडको तयारी पूरा

न्युयोर्कको मुटु म्यानहटन गणतन्त्र दिवसका दिन मिनी नेपाल बन्ने

Nepal day pared bannerन्युयोर्क । अमेरिकाको न्युयोर्कस्थिति म्यानहाटनमा गणतन्त्र दिवसका दिन गरिने नेपाल डे परेडको तयारी पूरा भएको आयोजकले बताएका छन् ।

नेपाली समुदायले संयुक्त रुपमा आयोजन ागर्ने परेडको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिहरुले नेपाल डे परेडलाई ऐतिहासिक बनाउन कुनै कसर बाँकी नराखिने बताए । परेडका दिन कार्यक्रम स्थलले मिनी नेपालको झल्को दिने आयोजकको दावी छ ।

न्युयोर्कको डाउनटाउन म्यानहाटनको ब्रोड वेमा २९ स्टि्रटदेखि १९ स्टि्रटसम्म मे २२ मा परेड गरिने छ । परेडको आयोजना अमेरिकामा रहेका नेपाली सम्बद्ध तीन दर्जनभन्दा बढी संघसंस्था छन् ।

नेपाल डे परेडले नेपालको व्यापार तथा पर्यटन प्रवर्दन गर्नुका साथै स्थानीय एवं संघीय अमेरिकी सरकार समक्ष नेपाली डायस्पोराको राजनीतिक उपस्थितिको संकेत दिने मूल आयोजक समितिका संयोजक लुइसाङ वाइवाले बताए ।

‘यो राजनीतिक उपस्थितिको संकेत डायस्पोराका लागि कालान्तरसम्म फलदायी हुनेछ भन्ने विश्वास हामीले राखेका छौ,’पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण नेपालीहरुको उच्च मनोकाङ्क्षा अनुसार नेपाल गणतन्त्र मुलुक घोषणा भएको दिनलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने उद्धेश्यले न्युयोर्क शहरमा नेपाल डे परेड मनाउन लागिएको हो ।

nepal day pared_programme_america (1)आगामी बर्षदेखि न्युयोर्क शहरमा हरेक गातन्त्र दिवसका दिन नेपाल डे परेड गरिने आयोजकले बताएका छन् । नेपाल डे परेड र्‍याली म्यानहाटनको ब्रोडवेमा २९ स्टि्रटदेखि सुरु भएर ब्रोडवेको १९ स्टि्रटमा अन्त हुने छ ।

परेडमा विभिन्न साँस्कृतिक झाँकीहरु, सांगीतिक प्रस्तुति एवं मौलिक भेषभुषामा सहभागीहरुले प्रदर्शनी गर्ने आयोजक मध्येको प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापाले बताए ।

परेडमा गुरुङ जातिको सोरठी, तामाङ जातिको झाँक्री तथा डम्फु, नेवार समुदायको लाखे र धिमे, राई जातिको साकेला, बाल्टिमोर समाजले पन्चे बाजा, मगर जातिको कौडा, लिम्बु जातिको च्याब्रुङ,  तराई मधेश समुदायबाट घाघरा/चोली, रिजवुड नेपाली समाजबाट भजन मण्डली र कलाकार संघबाट नेपाली कला र संगीतको समिश्रणको प्रस्तुति रहने आयोजकले बताएका छन् ।

नेपाली तथा अमेरिकी राष्ट्रिय गीत बजाएर परेडको प्रारम्भ गरिने आयोजक समितिमा रहेका नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बताए । र्‍यालीमा तीनवटा परेड फ्लोट (लामो ट्रक) प्रयोग गरिने भएको छ । तिनमा नेपाली गौरव झल्किने बुद्धको शालिक, बौद्ध स्तुपा, पशुपतिनाथको मन्दिर, जानकी मन्दिर र विश्वको उच्च शिखर सगरमाथाको आकृति रहनेछ ।

परेडको आयोजकमा जनजाती महासंघ, नेपाली जनसंपर्क समिति, प्रवासी नेपाली मञ्च, एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका, रिजउड सोसाइटी, नेपलिज अमेरिकन आर्टिस्ट एसोसिएसन नर्थ अमेरिका, फेडरल सोसलिस्ट सोसाइटी, गुरुङ सोसाइटी, मगर एसोसिएशन, ध्याल्सुम्दो सेवा संस्था, ह्योल्मो सोसाइटी, किरात राइ सोसाइटी, मगर एसोसिएसन लगायतका संस्था छन् ।

त्यस्तै  मनाङ समाज, मुस्ताङ किदुङ, न्युयोर्क नेवा गुठी नेवा नख, सुनुवार सोसाइटी, तामाङ सोसाइटी, युनाइटेड किरात राइ अर्गनाइजेशन, वालुङ समाज नर्थ अमेरिका, गैरआवासिय नेपाली समाज (एनआरएनए) अमेरिका, एनआरएनए न्युयोर्क च्याप्टर, एनआरएनए न्युजर्सी च्याप्टर, ब्लड डोनर एसोसिएसन न्युजर्सी च्याप्टर, नेपाली पब्लिक रिलेसन कमिटी, कनेक्टिकट नेप्लिज सोसाइटी, लङ आइल्यान्ड नेपाली सोसाइटी, युएस-नेपाल चेम्बर अफ कमर्स, न्युजर्सी नेपाली समाज, अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क, युनाइटेड नेप्लिज इमिग्रान्ट सोसाइटी, बाल्टिमोर नेपाली समाज, नेपाली युथ रिलेसन कमिटिी, एसोसिएसन अफ नेपाली फिजिसियनलगायत तीन दर्जन संस्था छन् ।

परेडमा करिव २५ हजार अमेरिकी डलर (करिव २५ लाख रुपैयाँ) खर्च हुने आयोजकको अनुमान छ । विभिन्न ब्यक्ति र संघ संस्थाले त्यति रकम उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको आर्थिक समितिका संयोजक मंगलदास श्रेष्ठले जानकारी दिए । ‘हामीले अपेक्षा गरेभन्दा बढी रकम संकलन हुने देखिएको छ,’ उनले भने, ‘त्यसले अर्को बर्ष आयोजना गर्ने परेडलाई समेत भरथेग गर्ने छ ।’

नेपाल डे परेडमा न्युयोर्क सहित वरपरका शहरहरु न्युजर्सी, कनेक्टिकट, बाल्टिमोर, वासिङगटन डिसी, टेक्सास, भर्जिनिया, बोस्टन, टेक्सासलगायतका स्थानबाट नेपाली समुदायको ठूलो उपस्थिति रहने आयोजकले दावी गरेका छन् । आयोजकले परेडमा नेपाली समुदायलाई आआफ्नो मौलिक भेषभुषामा उपस्थित हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment