Comments Add Comment

डेभिड क्यामरनले बुद्धलाई सम्झिए

183091290OS00029_PRIME_MINI७ जेठ, काठमाडौं । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनले २५६० औं बुद्ध जयन्तीको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश पठाउँदै भगवान गौतमवुद्धको विचार विश्वव्यापी रहेको बताएका छन् ।

विश्वभर रहेका बुद्ध धर्मावलम्वीलाई बुद्ध जयन्तीको शुभकामना दिदैं प्रधानमन्त्री क्यामरूनले  बुद्धको जन्मभूमि नेपाली  जनताका लागि यो अझ विशेष भएको उल्लेख गरेका छन् ।

क्यामरनले  बेलायत र नेपालले द्वौत्य  सम्वन्धको २०० सय वर्ष मनाइरहेको यो अवसरमा बुद्ध जयन्तीको शुभकामना पठाउन पाउँदा खुशी भएको उल्लेख गरेका छन् ।

यसैबीच, बुद्धजयन्तीको अवसर पारेर काठमाडौंमा बुद्ध सम्मेलन आयोजना गरिएको छ । बिहीबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको सम्मेलनमा विभिन्न देशका बौद्ध धर्मावलम्वी र धर्म गुरुहरुको उपस्थिति रहेको छ । सम्मेलनमा उपस्थित विदेशीहरु आज बुद्ध जन्मस्थल लुम्बिनी जाँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment