Comments Add Comment

रुकुममा पहिलोपटक यार्सा महोत्सव हुँदै

७ जेठ, रुकुम । नेपालमा नै पहिलो पटक ४५ सय मिटर उचाईमा पुपाल यार्सा महोत्सव २०७३ हुने भएको छ ।

yarsagumbaरुकुम जिल्लाको उत्तर पूर्वी भेग रन्मामैकोट गाविसमा पहिलो पटक यार्सागुम्वाको महत्वबारे अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पुपाल यार्सा महोत्सव २०७३ हुन लागेको हो ।

जैविक विविधता दिवस २०७३ को अबसर पारी आयोजना गर्न लागिएको महोत्सवको जेठ ९ देखि २३ गतेसम्म चल्ने छ ।
महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद पुनले जानकारी दिए ।

महोत्सवको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा वनमन्त्री अग्नी सापकोटा र आपुर्ती मन्त्री गणेशमान पुनको समेत सहभागिता हुने आयोजकले जनाएको छ ।

यार्सा शक्तिवर्द्धक जडीबुटी हो । यसको मुल्य एक हजार देखि १५ रुपैयाँ पर्ने पुनले बताए ।

समुन्द्र सतहदेखि ४५ सय मिटरको उचाईमा यो क्षेत्र रहेको छ । जिल्ला सदरमुकामा खलंगाबाट करिव १ दिनकेा गाडी यात्रा र एक दिनको पैदल पछि महोत्सव स्थलमा पुग्न सकिन्छ ।

पालमा उच्च गुणस्तरको यार्सा यही पुपालको भएको दावी आयोजक समितिका संयोजक पुनकेा छ ।  त्यसलाई प्रचार गरी यार्साको महत्व बुझाउन  कार्यक्रम आयोजना गरिएको उनले जानकारीदिए ।  साथै यस क्षेत्रको पर्यटन विकासका लागि समेत महत्सव उपयोगी हुने पुनकेा दावी छ ।  महोत्सव पछि मात्रै सो क्षेत्रमा यो बर्षको यार्सा संकलन फुकुवा गरिने आयोजकले जनाएको छ ।

यर्सागुम्बा बहुमुल्य जडिबुटि हो । यो शक्तिर्बद्धक जडीबुटीको रुपमा समेत लिने गरिन्छ । चिनको तिब्बतबाट आयुर्वेदिक औषधीको रुपमा १५ सय बर्ष अगाडीदेखि औषधीको रुपमा रहेको स्थानिय बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment