Comments Add Comment

यो हो रेलभन्दा पनि लामो पिज्जा, जसले भर्दछ १ लाख जनाको पेट (फोटो फिचर सहित)

long pizza4पिज्जाको नाम सुन्दैमा खाउँखाउँ लागेर मुखबाट पानी रसायो होला । तर यदि तपाइँले यो पिज्जाको फोटाहरु देख्नुभयो भने मुखबाट पानी निस्कने मात्र होइन ओहो भन्दै आँखा पनि चौडा हुनेवाला छन् । नहोउन् पनि किन ? यो पिज्जा १ माइल लामो जो छ ।

इटालीका धेरैजना शेफहरु मिलेर विश्वकै सबैभन्दा लामो उक्त पिज्जा तयार पारेका हुन् । यो पिज्जा बनाउनलाई २ हजार किलो आटा, १६ सय किलो टमाटर, २ हजार किलो मोजेरेला, २ सय लिटर तेल, ३० किलो बेसिल तथा १५ सय लिटर पानी लगायतका चिजवस्तु प्रयोग गरिएका छन् ।

long pizza3झण्डै १ सय जना शेफ मिलेर ११ घण्टामा यो पिज्जा तयार पारेका हुन् । यो पिज्जा बनाउनका लागि बीच सडकमै ५ वटा मोटरवाला फुड बर्निंग स्टोभको प्रयोग गरिएको थियो ।

नेपल्स पिज्जा भिलेजका एलेसेन्ड्रो मरिनाक्कीले स्थानीय आटा बनाउने कम्पनी कपूटोसँग मिलेर यो किर्तिमानी पिज्जा बनाएका हुन् । नेपल्सको समुद्री किनारस्थित सडकमा यो पिज्जा बनाइएको छ ।long pizza2 long pizza1 long pizza5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment