Comments Add Comment

शशांकको प्रश्न: ८० प्रतिशत हिन्दू भएको देश कसरी धर्मनिरपेक्ष ?

shasank-koirala-1७ जेठ,दाङ । । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए । अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने उनको धारणा थियो ।  “८० प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष कसरी घोषणा गर्न सकिन्छ, यसले पछि द्वन्द्व निम्त्याउने खतरा हुन्छ, यसलाई समयमै जनमत सङ्ग्रह वा जनताको भावनाअनुसार निर्णय गर्नुपर्छ”, उनले भने ।

अतिवादी शक्ति विभिन्न बहानामा अस्थिरता निम्त्याउन लागेको भन्दै त्यसो हुन नदिन पनि बेलैमा समस्याको समाधान गर्नतर्फ दलहरु लाग्नुपर्ने उहाँको तर्क थियो ।

त्यस्तै, उनले ओली सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरे । उनले  काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने भन्दै रचनात्मक प्रतिपक्षको भूमिका आफूहरुले खेल्ने बताए ।  “सरकार गिराउने खेलमा काँग्रेस लागेको छैन, यो सरकार आफैँ गिर्छ, कसैले गिराउनु पर्दैन”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment