Comments Add Comment

विश्व मानवीय शिखर समेलनमा भाग लिन उपप्रधानमन्त्री थापा टर्की प्रस्थान

Kamal-Thapa८ जेठ, काठमाडौं ।  संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनको आयोजनामा हुने विश्व मानवीय शिखर समेलनमा भाग लिन उपप्रधानमन्त्री कमल थापा आज टर्कीको इस्तानाबुल  प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री थापाका साथ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र र गृह मन्त्रालयका उच्च अधिकारी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

विश्वको पहिलो सो शिखर सम्मेलनले मानवता र मानवीय सिद्धान्तका विश्वव्यापकताप्रतिको प्रतिबद्धतालाई पुनः प्रेरणा र पुनर्जीवित गर्ने लक्ष्य लिएको छ ।

परराष्ट्रमन्त्री थापाले यही जेठ ११ देखि १३ सम्म इजरायलको भ्रमण गरी त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।उनी जेठ १७ गते स्वदेश फर्कने छन् ।

उपप्रधानमन्त्री थापालाई परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उच्च अधिकारीका साथै राप्रपा नेपालका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment