Comments Add Comment

सुपरबगबाट वर्षेनी १ करोड मानिसको मृत्यु हुने

antibiotics

विश्वमा एन्टिबायोटिक औषधिको आविष्कार तथा प्रयोगमा क्रान्ति ल्याउन नसकिएमा निकट भविष्यमा विश्वमा धेरै मानिसको ज्यान जाने जोखिम रहेको एक रिपोर्टले देखाएको छ ।

रिभ्यू अन एन्टिमाइक्रोबिएल रेसिस्टेन्स नामक शोधका प्रमुख शोधकर्ता लर्ड जिम ओनिलले एन्टिबायोटिक्सलाई मिठाइ खाएजस्तै व्यवहार गर्ने मानिसको आनीबानी रोक्नका लागि अभियानको खाँचो रहेको बताए ।

शोधकर्ताहरुका अनुसार हालका एन्टिबायोटिकको प्रयोगसँगै विभिन्न रोगका एन्टिमाइक्रोबिएल अर्थात् औषधि प्रतिरोधी जिवाणुहरुको विकाश भैरहेको छ । त्यस्ता प्रतिरोधी जिवाणुहरुलाई सुपर बग भनिन्छ । अहिले पनि यस्तै सुपरबगका कारण विश्वमा हरेक वर्ष ७ लाख मानिसको ज्यान जाने गरेको छ ।

र्याण्ड युरोप तथा किपिएमजी नामक संस्थाका शोधकर्ताहरुले गरेको अध्ययनले अवस्था यस्तै रहेमा सन् २०५० सम्ममा विश्वमा सुपरबगबाट वर्षेनी १ करोड मानिसको ज्यान जानेेछ । अर्थात् हरेक ३ सेकेण्डमा सुपरबगकै कारण एक जना मानिसले ज्यान गुमाउनेछन् ।

शोधकर्ताहरुका अनुसार विश्वका धेरै मानिसलाई औषधि प्रतिरोधी जिवाणु अर्थात् सुपरबगको बारेमा जानकारी नै नभएको हुँदा सो बारेमा जनचेतना जगाउनु आवश्यक छ । सुपरबगको उपचारको अनुसन्धानका लागि २ अर्ब डलरको कोष खडा गर्नपनि शोधकर्ताहरुले सुझ्याएका छन् ।

सुपरबगको संक्रमण फैलिनबाट रोक्नका लागि स्वच्छ पानी, सरसफाइका साथै अस्पताको सफाइमा पनि ध्यान दिनुपर्नेछ । मानिसमा विभिन्न रोगको उपचारमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग गर्ने तथा बालीनालीमा समेत विभिन्न खाले एनिटबायोटिक औषधिको प्रयोग गर्ने क्रम रोक्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment