Comments Add Comment

चरेस कारोबारीको धन्दाः ६ हजारमा सुटकेस किनेर १ लाख ११ हजारमा बच्ने

१० जेठ, काठमाडौं । लागु औषध अफिम र चरेस कारोबारीको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

Luggageलागु औषध नियन्त्रण व्युरोले मकवानपुर मनहरीका ५५ वर्षीय इन्द्रबहादुर कार्की, धादिङ भुमेस्थानका ३३ वर्षीय धनबहादुर तामाङ र २५ वर्षीय राहुल तामाङलाई पक्राउ गरेको हो ।

बल्खुबाट पक्राउ परेका कार्कीको साथबाट एक किलो अफिम बरामद भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा डिआइजी जयबहादुर चन्दले जानकारी दिए । एक किलो अफिमको अवैध बजार मूल्य १ लाख ५० हजार रुपैयाँ पर्ने बताइएको छ ।

मकवानपुरमा अफिम जम्मा गर्ने र भारत लैजाने गरेको सूचनाका आधारमा कार्कीलाई १२ वर्षदेखि लागु औषध नियन्त्रण व्युरोले निगरानीमा राखेको थियो । उनी चरेसको पनि मुख्य कारोबारी भएको प्रहरीको दाबी छ ।

यसैगरी धनबहादुर तामाङ र राहुल तामाङले सुटकेसभित्र फल्स बटन बनाउने र त्यसमा प्याक गरेर चरेस विदेश पठाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुले हङकङ र थाइल्याण्डमा ३० भन्दा धेरैपटक पठाइसकेको स्वीकार गरेको डिआइजी चन्दले जानकारी दिए । ‘उनीहरुले ६ हजार रुपैयाँमा ठमेलबाट सुटकेस किन्ने र एउटा सुटकेसमा ७ किलो चरेस अटाएर ब्यागसहित १ लाख ११ हजार रुपैयाँमा बेच्ने गरेको पाइएको छ,’ चन्दले भने ।

चितुवाको छालासहित तीन जना पक्राउ

यसैबीच प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ललितपुरको कार्यविनायक नगरपालिकामा पर्ने बुङमतिबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको फाखेलका नक्कलबहादुर बल, दक्षिणकालीका शमसेर छिमी तामाङ र सुनसरी इनरुवाका सुन्दर राई छन् ।
महानगरीय अपराध महाशाखाले पक्राउ परेका तिनै जना अभियुक्तलाई आवश्यक कारवाहीका लागि सोमबार ललितपुर जिल्ला वन कार्यालयमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment