Comments Add Comment

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, मधेस समस्या समाधानबारे छलफल हुने

KP-Sharma-Oli

१० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्यालाई लिएर छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सत्तारुढ दलहरु, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसकेन्द्रित दलहरुलाई निम्ता गरिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भोलि साढे १० बजे बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अनलाइनखबरलाई बताए । ‘सबै समस्यालाई वार्ता र संवादबाट समाधान गर्ने अभिप्रायले बैठक बोलाइएको हो,’ उनले भने, ‘बोलाइएका सबै दलहरुको प्रतिनिधित्व हुनेमा आशावादी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment