Comments Add Comment

राजधानीमा दुई हजार बालिका यौन व्यवसायमा

Rape११ जेठ, काठमाडौं । राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यावसायमा लगाउने गरिएको पाइएको छ ।

केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई गा्रहकलाई योनसेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरिएको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोर१जन व्यवसायमा संलग्न रहेकामा त्यसको एकतिहाइ १८ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।

काठमाडौंका डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, चिया पसललगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ ।

बालकल्याण समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामका क्रममा यौन दुव्र्यवहार सहन बाध्य हुने गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment