Comments Add Comment

सेयरबाटै करोडपति बन्न सिकाउने किताब आयो

Rabindra-bhattrai-book१२ जेठ, काठमाडौं । सेयर विश्लेषक रविन्द्र भट्टराईद्धारा लिखित नयाँ पुस्तक सेयरबाट करोडपति सार्वजानिक भएको छ । उक्त पुष्तकको बिमोचन साहित्यकार अमर न्यौपाने र नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थी र लेखकले सयुक्तरुपमा गरे ।

पुष्तक बिमोचन गर्दै साहित्यकार न्यौपानेले आफुले पहिलेदेखि नै सेयरबारे जान्न खोजिराखेको बताए । सेयरबाट करोडपति पुष्तक आफूले साहित्यका पुस्तक जसरी नै स्वाद लिएर पढेको उनले जानकारी दिए ।

‘पुस्तकमा लेखकले धेरै बिम्बहरु प्रयोग गर्नुभएको छ त्यसैले पुस्तक सेयर साहित्यका रुपमा लिए पनि हुन्छ’ उनले भने- ‘पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो ।’

अर्का टिप्पणीकार गोकर्ण अवस्थीले यतिका सरल भाषामा आर्थिक विषयबारे लेख्न आर्थिक पत्रकारहरुले नसक्ने बताए ।

‘पुस्तकमा सेयर बजारको प्राविधिक कुरालाई पनि सहज तरिकाले लेखकले भनिदिनुभएको छ र, सेयरमा लगानी गर्ने गजबका टिप्सहरु पनि लेखकले दिनुभएको छ,’ अवस्थीले थपे- ‘जसले यो पुस्तक आधा मात्र पढ्छ, ऊ डुब्छ । किनकी सेयरका जोखिमामा कुराहरु पुस्तक पछिल्लो भागमा मात्र छन् ।’

लेखक रविन्द्र भट्टराईले यो पुस्तक आफ्नो सपनाको पुष्तक भएको बताए । ‘सेयर भनेको प्राविधिक विषय हो , यसलाई बुझाउन गाह्रो हुन्छ । यसलाई सजिलोसँग बुझाउन सकिन्छ कि भनेर १२ वर्ष देखि गरेको मिहिनेतको नतिजा हो पुस्तक’ उनले भने ।

पुस्तक करोडपतिको कथा होइन, करोडपति बन्न सिकाउने गाइड भएको भट्टराईले दाबी गरे । फाइनपि्रन्टले प्रकाशन गरेको पुस्तकको मुल्य ३ सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment