Comments Add Comment

ओलीसँग वामदेव पक्ष पनि असन्तुष्ट

Bamdev Gautam१३ जेठ, काठमाडौं । केही समयदेखि पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट भएको उपाध्यक्ष वामदेव गौतम पक्षका केही नेतासमेत नेपाल खनाल पक्षको भेलामा सहभागी भएका थिए ।

कुनै बेला अोलीलाई काँधमा हालेर साथ दिने गौतम ओलीको शैलीप्रति असन्तुष्ट भएका छन् । गौतमले विगतमा ओलीले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

यसअघि नेपाल खनाल पक्षको कुनै पनि समूह भेलामा सहभागी नभएका गौतम पक्षीय केही नेता मंगलबार र बुधबारको भेलामा सहभागी थिए ।

यसरी सहभागी हुने गौतम पक्षीय नेतामा केशवलाल श्रेष्ठ, उदयराज पायडे, उमा कोइराला, बाबुराम थापा, लक्ष्मी ज्ञवाली, शिव गुरुङलगायतका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment