Comments Add Comment

‘लालटिन’ फस्टलुकमा छैनन् दया र प्रियंका

laltin poster release
एम सन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र ‘लालटिन’को फस्टलुक एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । अकस्मात आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई प्रमुख अतिथी थिए ।

भानु प्रतापको प्रस्तुतीमा तयार भएको चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन, विनोद ढकाल, किरण माइकल र डीजराज पौडेलको संगीत छ ।

रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।

चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतीको रुपमा देखिदैछन् । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ ।

चलचित्रको फस्टलुकमा कुनै पनि कलाकार अटाएका छैनन् । पोष्टरमा कुनै मानिसको हातले लालटिन बोक्दै गरेको देख्न सकिन्छ । चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment