Comments Add Comment

जोजे माउरिन्हो म्यानचेष्टर युनाइटेडको प्रशिक्षक नियुक्त

Jose-Mourinho

१४ जेठ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले जोजे माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको छ ।

उनले लुइस भान हालको स्थान लिनेछन् । डच प्रशिक्षक भानहाल हालै मात्र बर्खास्त भएका थिए । भानहाल बर्खास्त हुनु अघि नै मोउरिन्हो प्रशिक्षक बन्ने पक्का भएको खबर आएको थियो ।

तर, यसको औपचारिक जानकारी शुक्रबार मात्र दिइएको छ । म्यानचेष्टर युनाइटेडका सहअध्यक्ष इड वुडवार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोजे उत्कृष्ट म्यानेजर हुन् । उनले युरोपमा उपाधि जितेका छन् र खेलाडीहरुलाई प्रेरित गरेका छन् । उनलाई पि्रमियर लिगबारे थाहा छ, किनकी उनले तीन उपाधि जितिसकेका छन् ।’

माउरिन्हो गत डिसेम्बरमा अर्को इंग्लिस क्लब चेल्सीबाट बर्खास्त भएका थिए । पोर्टो, इन्टर मिलान र रियल मडि्रडका पूर्व प्रशिक्षक मारिन्हो चेल्सीमा भने दुई पटक प्रशिक्षक बने ।

म्यानचेष्टर युनाइटेड भने एलेक्स फर्गुसनले अवकास लिएपछि पि्रमियर लिगमा संघर्षरत छ । पछिल्लो तीन वर्षमा उसले शीर्ष चार भन्दा माथि स्थान बनाउन सकेको छैन ।

यो सिजन भान हालको नेतृत्वमा पाँचौं स्थानमा रहृयो र पि्रमियर लिगका लागि छनोट हुन असफल रहृयो ।

भानहालले यो सिजन एफए कपको उपाधि जिताए । तर, आफ्नो पद जोगाउन भने असफल रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment