Comments Add Comment

कार्यकर्तालाई जागिर लगाउन मन्त्रीको तोक आदेश

१६ जेठ, काठमाडौं । स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् ।

ramesh lamaसरकारले  हालै स्थापना गरेका नयाँ नगरपालिकामा तोकादेशमै आधारमा नयाँ कर्मचारी राख्न दबाब दिँदै लामाले कार्यकारी अधिकृतलाई धम्क्याउन थालेपछि कतिपय जिल्लाका कार्यकारी अधिकृतहरु आतंकित भएका आजको नयाँ पत्रिका देनिकले जनाएको छ ।

डेढ दर्जजभन्दा बढी कार्यकर्ताका लागि जागिर खुवाउन उनले तोक लगाएका हुन् । कार्याकर्ताले लेखेको निवेदनमा सहायक मन्त्री लामो निवेदकलाई कम्प्युटर अधिर्कत वा अन्य कुनै प्राविधधिक पदमा जागिर दिनु भन्ने तोक लगाएर नगरपालिकाहरुमा पठाएका छन् ।

हाल विभिन्न नयाँ नगरपालिकामा कर्मचारीको अभाव छ । कर्मचारी अभावको मौका छोपी सहायक मन्त्री लामाले आफ्ना कार्यकर्ताको योग्यता क्षमता र दक्षताविनै तोकादेशका आधारमा जागिर खुवाउने प्रयास वगरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment