Comments Add Comment

बजेट कसैको ईच्छापत्र जस्तो भयोः डा. महत

१६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले बजेट कार्यान्वयन हुन नसक्ने दावी गरेका छन् । साथै उसले अर्थतन्त्रलाई संकटमा पर्ने उनको दाबी छ ।

prakash-sharan-mahatरिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता महतले सांसद विकास कोषको रकम, सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बृद्धिले अर्थतन्त्रमा प्रतिकुल असर पार्ने भए पनि अर्थमन्त्रीले त्यसमा ध्यान नदिएको आरोप लगाए ।

बजेट कसैको ईच्छापत्र मात्रै भएको उनले भने, ‘सरकारले साधन स्रोत जुटाउन सक्दैन । साधारण खर्चमै अधिकांश बजेट सकिन्छ । यसले नेपालको दिर्घकालीन आर्थिक विकासमा नकारात्मक असर पार्छ ।’

राजनीतिक लक्ष्यका साथ आएको बजेटबाट आफूहरु सन्तुष्ट नभएको उनले बताए । कृषिमा दिएको अनुदान दुरुपयोग भएर उत्पादकत्व बृद्धि नहुने भन्दै उनले ६.५ प्रतिशतको आर्थिक बृद्धिदर, ७ प्रतिशतमा महंगी नियन्त्रण असम्भव रहेको बताए । कांग्रेस नेता महतले भने, ‘यो बजेटले मुल्य वृद्धि गराउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment