Comments Add Comment

विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि जर्सीले जित्यो

Jersey-team

१६ जेठ, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइवको उपाधि घरेलु टोली जर्सीले जितेको छ । फाइनलमा जर्सीले ओमानलाई ४४ रनले पराजित गरेको हो ।

पराजयका बाबजुद ओमानपनि जर्सीसँगै डिभिजन फोरमा उक्लिएको छ । यी दुई टोलीले बर्षको अन्त्यतिर लस एन्जलसमा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा अमेरिका, बर्मुडा, डेनमार्क र इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

ओमानसँगको खेलमा घरेलु टोली जर्सीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९४ रनको योगफल बनाएको थियो । जसमा एन्थोनी हकिन्स केले अविजित ६० रनको योगदान दिए । कुनै समय ५१/४ को नाजुक अवस्थामा रहेको जर्सीको इनिङ केले संहालेका थिए ।

१९४ रनको लक्ष्य पछ्याएको ओमानका ओपनर जीशान मक्शूदले २२ बलमा ४३ रनको विष्फोटक पारी खेलेर टोलीको मनोबल बढाएका थिए । तर ओमान ४५.३ ओभरमै १५० रनमा समेटिन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment